Posted on October 28, 2008 by UWB

तीन समुद्र वे अफ बंगाल, हिन्द र अरेवियनको मिनल हुने सुदूर दक्षिण भारतीय नगर कन्याकुमारीमा सूर्योदय पर्खिरहेका दुई कन्या (माथि) र सूर्य अस्ताउँदै गर्दा गोवाको कोल्भा विच

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख गत शनिवार (२५ अक्टोबर) को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिए झै हेर्ने भए यहाँ ।
कोल्भा विचमा उभिएर लगभग एक घन्टा सूर्यास्त हेरेपछि र एक गेगावाइट जतिका तस्बिर खिचेपछि म अरेबियन समुद्र किनार नजिकैको त्यो क्याफेमा छिरेको थिएँ। गोवामा ‘कफी डे’ को साइनबोर्डमा उल्लेखित ट्याग लाइनले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो– ‘अ लट क्यान ह्याप्पेन ओभर कफी…।’ कफीको बाहानामा धेरैकुरा हुनसक्छ।
मन मेरो ‘अ थाउजन्ड स्प्लेन्डिड सन्स’मै थियो। खालेद होसेनीको त्यो दोस्रो किताबमा अफगानी समाजमा महिलाहरूको दुखको वर्णनले मनलाई टुक्राटुक्रा पारेको थियो। कथाले गम्भीर मोड लिँदै छ। तन्नेरी तारिकसँग जिन्दगीको रमाइलो सपना देखिरहेकी टिनएजर लायला घरैमा बजि्रएको अचानकको बमले बाबुआमा मारेपछि टुहुरी भएकी छ। ऊ बाबुकै समयवी त्रू्कर वृद्धसँग विवाह गर्न बाध्य भई। अफगान पुरुषहरूप्रति मलाई बेजोडको रिस उठेको छ। कथा अब कता जाला भन्ने तीव्र चासो छ। लात्तेँ र व्ल्याक फरेस्ट अर्डर गरेर म पन्ना पल्टाउँदै थिएँ। त्यही क्षण ट्याग लाइनलाई सार्थक र मलाई चकित तुल्याउँदै उसले हात मतिर बढाएको थियो– ‘हेल्लो!’ हेत्तेरी, ‘पल्पसा क्याफे’ मा दृश्यले सुन्दर पल्पसालाई भेटेको गोवामा म चाहिँ एउटा केटोले अभिवादन गर्दै छ। किन म उनीहरूलाई भेटाउने अन्जुना विच नगएर कोल्भामा आएँ हुँला? Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: arabian sea, goa, kolva beach, religion | 2 Comments »
Posted on October 18, 2008 by UWB
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘कति बज्यो दाइ?’
मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।
साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को नदेखिने रेल लखनउ पुग्न तीन घन्टा जति बाँकी थियो। भारतीय रेल पहिलोपटक चढेको भए पनि नेपाली सीमा नजिकैको सहरबाट छुटेको त्यो साधनमा नेपाली आवाज मैले अपेक्षै नगरेको चाहिँ थिएन। तर दसैंको बेला यो नेपाली ठिटो किन यो रेलमा? Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: indian rail, nepali gorkha soldier | 12 Comments »
Posted on September 20, 2008 by UWB
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो ।
कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा ऊ लमतन्न पल्टेको थियो अन्डरवेयरको सानदार विज्ञापन गर्दै। ढोकैमा उभिएको र हावासँग संघर्ष गरिरहेको धिपधिपे मैनको उज्यालोमा कट्टुको ब्रान्ड ठम्याउन माइनस वान प्वाईन्ट टु फाइभको चस्मा लगाउने मेरा आखालाई अप्ठेरो हुनु स्वभाविकै थियो। केही क्ष्ँणकै लागि सही मैले विश्वास गर्न चाहे ऊ केल्भिन क्लाईनको स्तरीय उत्पादन लगाइरहेको एउटा मोडल हो जो स्टाइल या त्यस्तै कुनै उत्कृष्ट म्यागेजिनमा छापिने विज्ञापनमा प्रयोग हुने फोटो खिचाउन कुनै एउटा डिजाइनर सेटमा उत्तानो परेर सुतिरहेको छ। Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: nepali road journey | 3 Comments »
Posted on September 13, 2008 by UWB

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर
बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरको सपनाको बगैंचा (गार्डेन अफ ड्रिम्स) कति रोमाञ्चक छ भने यहाँ एक्लै आए पछुतो मात्र हुन्छ। एक्लै रमाउनेलाई पनि दिव्य ज्ञान प्राप्त हुन्छ– जिन्दगी यसरी चल्दैन, एउटी (ा) चाहिन्छ। स्वप्न बगैंचाको अघिल्लो भ्रमणमा दुई घन्टा घोत्लिएर र दृश्यपान गरेपछि म एउटा दरिलो निष्कर्षसाथ त्यहाँबाट निस्केको थिएँ– यो ठाउँमा युवतीसँग आउनुपर्छ कि ल्यापटप ल्याउनुपर्छ।
यो मध्याह्न मसँग कम्प्याक प्रेसारियो ल्यापटप छ, जसले बगैंचामा प्रेमका तरंगहरूसँग पौंठेजोरी खेल्दै दौडिरहेका बेतारे इन्टरनेट संकेतहरूलाई अठ्याउने छ र मलाई समय बिताउने बहाना दिलाउनेछ । Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: garden of dreams, kathmandu | 13 Comments »
Posted on September 6, 2008 by UWB

स्कटल्यान्डका स्टेफेन टिर्ने र क्ल्यारी टील्लानले अघिल्लो महिना कंगारुको देश अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात हार्वर ब्रिजमा विवाह चुम्बन लिए भने एक जोडी नेपाली त्यहीं र सम्भवत: ओपेरा हाउस (तल) पुग्न नक्कली विवाह गर्दैछ । तस्बिर स्रोत
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।
लगन ज्योतिषीले जुराउने छैनन् त्यसैले ठ्याक्कै कुन पलमा बेहुलीको सिउँदोमा सिन्दुर हालिन्छ निश्चित छैन। खासमा सिन्दुर हालिने छैन र विवाहमा बाजा पनि बजाईने छैन किनकी त्यो ‘कोर्ट म्यारिज’ हुनेछ–जिन्दगी विताउन होइन कसैलाई देखाउन। विहे प्रमाणपत्र लिएलगत्तै अदालतबाहिर उनीहरुले त्यस्तै अर्को सम्झौता गर्नेछन्– ‘हामीले साच्चै विहे गरेको होइन है।’
‘त्यसो भए विहे गरेजस्तो चाहि महशुस नहुने भो?’ हनिमुन र त्यस्तै अन्य गतिविधि लक्षित गर्दै मैले ‘बेहुली’लाई सोधे।
‘हुनुपनि भएन,’ उसले भनि र नजिकै छुट्टै सोफामा बसेको ‘बेहुलो’ तिर हेरी।
‘किन?’
‘इन्टेन्सन इज नट टू म्यारी,’ उसले अंग्रेजीमा भनि– ‘(उद्देश्य विहा गर्नु होइन।) इन्टेन्सन इज टू गो एब्रोड (उद्देश्य विदेश जानु हो)।’
करिव दुई घन्टा लामो कुराकानीको अन्त्यतिर मैले सेलाएको र निखि्रदो चिया घुटुक्क पिए। अर्को प्रश्न सोच्दैगर्दा ऊ बोली।
‘आ–आफ्नो उद्देश्य पूरा गर्न हामीले उपाय भेट्टायौं।’

चित्र: दिपक Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: abroad studies, australia, legal fake marriage | 5 Comments »
Posted on August 30, 2008 by UWB

भगवान नदेखेपनि थुप्रै नेपाली मन्दिर जाँदा मनमा शान्ति महसुस गर्छन् । किन ?
दिनेश वाग्ले/ सुरज कुँवर
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।
रातको ११ बज्नै लाग्दा र अघिल्लो युगमा कृष्ण जन्मिएको पल नजिकिँदै गर्दा गतसाता पाटन कृष्ण मन्दिर परिसरमा राता सारी, हरिया पोते र नङपालिस लाएका महिला झुरुप्प बसेर गाउँदै, ताली बजाउँदै, हाँस्दै र नाच्दै थिए।
तिम्रो–हाम्रो भेट भा’को आजै हो
पहिलो पाला बोल्नलाई लाजै भो
छेवैमा उभिएका र जन्माष्टमी मनाउन त्यो रात त्यहाँ भेला भएका एकहुल अधबैंसेहरू तत्कालै महिलाका समस्या समाधान गर्ने मुढमा प्रस्तुत भए–
लाज मानेर नसोच्नु अर्को
हजुरजस्तै म पनि यो घरको
द्वापर युगको यमुना किनारमा भए दोहोरीले बिहानसम्म निरन्तरता पाउँथ्यो होला। तर यो कलिमा माहोल बिग्रने चिन्ताले पिल्सिएका प्रहरीले पुरुषलाई विनम्रतापूर्वक त्यहाँबाट धकेलेपछि महिला गफमा फर्किए। ललितपुरको सैंबु गाउँका १७ जनाजति ती श्रद्धालुले कृष्णका नाममा बत्ती बालेर, भजन गाएर र जाग्राम बसेर जन्माष्टमीको रात मन्दिर परिसरमै बिताउने योजना बनाएका थिए। बेलुका पाँच बजे पुगेका र बिहान चार बजे घर फर्किने उनीहरू एउटीको शब्दमा ‘भगवानको बड्डे खान’ त्यहाँ पुगेका थिए। ‘मान्छेको बड्डे केक काटेर मनाउँछन्’, उनले जन्मदिन अर्थ दिने अंग्रेजी शब्दावली ‘बर्थडे’को उच्चारण गर्दै भनिन्– ‘भगवानको बत्ती बालेर।’ बड्डे त फगत बहाना हो। शंकै छैन, धर्म गर्न मन्दिर पुगेका उनीहरू भगवानलाई भरपुर खुसी पार्न चाहन्थे, ताकि ‘केही होस्’! Read more »
Filed under: समाज | Tagged: god, nepali society, religion | 4 Comments »
Posted on August 23, 2008 by UWB

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
हालैका साताहरूमा युद्ध जर्जियामा पो देखिएको हो तर केही महिनायता काठमान्डू सहरमा डुलिहिँड्दा प्रश्न मनमा आउँछ– के हामीमाथि आक्रमण हुँदै छ? मानिसहरू गाडीमा कोच्चिएर, तिनका छतहरूमा बसेर यात्रा गरिरहेका छन् मानौं उनीहरू आपतकालमा छन् र जसरी भए पनि सहरबाट निस्कन आँटेका छन्। स्टिभन स्पिलबर्गको सन् २००५ को फिल्म ‘वार अफ द वर्ल्ड्स’ का दृश्यहरू झल्झली भइरहेका छन्– टम क्रुज अभिनित रे फेरियर नामको पात्र आफ्ना बच्चाहरू रचेल (ड्याकोटा फ्यानिङ्) र रब्बी (जस्टिन च्याटविन) लाई बस्तीको एउटै मात्र काम लाग्ने गाडीमा हालेर न्युजर्सीबाट अर्को अमेरिकी सहर बोस्टन भागिरहेको छ। त्यस्तै अवस्था चित्रण गर्ने अन्य हलिउड फिल्महरूमा जस्तै त्यसमा पनि गाडीमा भागाभाग र अत्तालिएका मानिसहरूको हतारोबाट सिर्जिएको ट्राफिक जामले उनीहरूकै यात्रा अवरुद्ध गरेको छ। लगभग त्यस्तै जाम, जो हालैका महिनाहरूमा काठमान्डूमा बारम्बार देखिनु सामान्य भएको छ । Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: बस, bus, third world life | 3 Comments »
Posted on August 16, 2008 by UWB

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘ओके, आइ ह्याभ टु गो टु दिज फोर प्लेसेस (ल, मैले यी चार ठाउँ घुम्नु छ)’ भन्दा मेरो टेबुल पर्तिरकी एउटी विदेशी उसको देब्रे हातको बूढी औंला कान्छीको फेदमा पुर्याउँदै छे।
एकजना अधबैंसे र झ्याप्प सेता दाह्री पालेको विदेशी र अर्को लगभग त्यही उमेरको तर सफा गाला भएको नेपाली उसलाई हेरिरहेका छन्।
स्वरबिनाको इन्स्ट्र्युमेन्टल धुन पनि अलि पर कतैबाट आइरहेको छ।
देब्रेपट्टिको अर्को टेबुलमा दुई केटाहरू कुनै गहिरो ग्लासमा कोल्ड कफी पाइपले पिइरहेका छन्।
वास्तविक ताजा र भर्भराउँदो कफी एउटा लत हो, जसले यदाकदा ममा उखरमाउलो सिर्जना गर्छ। त्यस्तो हुटहुटी मेटाउन सहरका केही स्थान सधैं तयार हुन्छन्, जसमध्ये एउटा हिमालयन जाभा कफी हाउस हो, जो काठमान्डूको पर्यटकीय केन्द्र ठमेल प्रवेशद्वारैमा छ। त्यो नेपालीका लागि होइन भन्ने कुरा त्यसको मेनुले प्रस्ट पार्छ तर कफी पनि हाम्रो पेय होइन भन्न धेरै गमखाइरहनै पर्दैन। तर त्यो लत, त्यो हुटहुटी पक्का नेपाली हो, जसलाई एस्प्रेसोको त्यो तीतोपना या लात्तेको बाफमा फैलेको बासनाले मात्र शान्त पार्न सक्छ। Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: coffee house girl | 4 Comments »
Posted on August 9, 2008 by UWB
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
मेरो एउटा समश्या छ जो अक्षरहरुमा अभिव्यक्त हुन्छ। प्राय म आफ्नै हस्तलिपी बुझि्दन। अक्षर नचिन्ने रोग होइन त्यो भन्न मैले कुनै ‘डिस्लेक्यिा’ विशेषज्ञकहाँ गइरहन आवश्यक छैन किनकी हालैको हिट बलिउड फिल्म ‘तारे जमीन पर’ को मुख्य पात्र त्यो फुच्चे दर्शील सफारीको जस्तो मेरा आँखा अगाडी अक्षरहरु नाच्दैनन्। मैले प्रायः नबुझ्ने ती मेरा अक्षर अरुले बोल्दाबोल्दै र आफ्ना आँखा तिनकामा राखेर तिनले बोलेकै गतिमा हतार हतार टिपिएका हुन्। तर समश्या बोल्नेहरुको तीब्र गतिमा छैन। छ्या लेख्ने बानी नै पो छैन हौ। Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: handwriting | 4 Comments »
Posted on August 2, 2008 by UWB

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘दुबई जाने चक्करमा छु हो सर,’ केही क्षण अघिसम्म उल्लासमय लवजमा गफिएको यामले अलि निराश स्वरमा अचानक त्यसो भन्दा मलाई कताकता चसक्क गरेजस्तो भएको थियो।
यस्तो लाग्यो मैले डकुमेन्ट्रि बनाइरहेको भए र उसले त्यो कुरा क्यामेरामा भनेको भए सम्पादन गर्दा त्यो दृश्यको पृष्ठभूमीमा कन्दरा व्यान्डको यो गीत हाल्ने थिएँ–
विदेशिनु रेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
‘यो देशमा टिक्न नसकिने भइयो,’ प्रश्न सोध्नै नपाई उसले भनेको थियो।
केही बाध्यताले, बाँकी आफ्नै लापार्वाहीले २६ बर्षे याम रिनमा चुर्लुम्म डुबेको थियो जसबाट उत्रिन उसलाई विदेशिनुको विकल्प थिएन। उसलाई सुनेलगत्तै फोन कुराकानीलाई त्यही रोकेर मैले ऊसँग भेट्ने प्रस्ताव गरेको थिए। Read more »
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: migrant workers, nepali migrant worker | 14 Comments »